तस्बिर रोयटर्स

अन्तर्राष्ट्रिय

रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल

By खबरहब

March 11, 2022

एजेन्सी– रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो ।

रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो व्यवहार गरेको उनको भनाइ छ ।

यता युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले भने मानवीय सहायतका मुद्दामा समाधान खोज्ने प्रयास भएको बताएका छन्

पुनः भेट गर्नेगरी पहिलो चरणको छलफल सकिएको उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

युक्रेनी विदेशमन्त्री कुबेलाले युद्ध अन्त्यका लागि यस्ता भेटलाई जारी राख्ने बताएका हुन् ।