टिप्स

बालबालिकाले पढ्न मन गर्दैनन् र सफलता पाएनन् भने….

By खबरहब

March 11, 2022

अध्ययनका लागि शान्त वातावरण हुनु अत्यन्त जरुरी छ । त्यसैले पढ्ने टेबलका लागि यस्तो स्थान चुन्नु पर्दछ जहाँ हल्ला नहोस् ।

वास्तुका अनुसार अध्ययनमा मन नलाग्नुमा अध्ययन कोठा वा टेबल आसपासमा हुने केही चीज कारक रहन्छ । जसले लाखौँ मेहनत गर्दा पनि प्रतियोगीले परीक्षामा सफलता पाउन सक्दैनन् ।

पढ्नका लागी पूर्व र उत्तर दिशाको कोठा शुभ मानिन्छ । कोठाको ईशान कोण खाली राख्नु पर्दछ । दक्षिण तथा पश्चिमको पर्खालमा टाँसेर अध्ययन टेबल कुर्सी राखी अनुहार पूर्व वा उत्तर फर्र्काएर पढ्नु शुभ मानिन्छ । घरको उत्तरतर्फ मुख फर्काएर पढ्नु उत्तम मानिन्छ ।

अध्ययन कोठामा माता सरस्वतीको चित्र लगाउँदा वा वेदव्यास जस्ता महापुरुषको तस्बिर राख्दा पनि पढ्न मन लाग्ने धार्मिक मान्यता छ ।

अध्ययन कोठामा बालबालिकाको एकाग्रता बढाउन हरियो सुगाको तस्बिर राख्दा मन लाग्ने मान्यता छ । साथै पढ्ने कोठाको पर्खालको रङ्ग सेतो, गुलाबी, वा क्रीम रंगको बनाउनु पर्दछ तर गहिरो रङ्ग भने लगाउनु हुँदैन । यस्तै कोठा सफा हुन आवश्यक छ । यस अलावा निम्न चीज कोठाबाट हटाउनु पर्दछ ।

यी सामाग्रीलाई १० चीज टाढा राख्नु पर्दछ – कैँची, सुई – ऐना – इलेक्ट्रोनिक सामान – फिल्मी पोस्टर – भिडियो गेम – अखबारका फोहोर – खानाको प्लेट – अनुपयोगी पुस्तक वा कापी – एन्टीक स्टयाच्यू – आक्रामक तस्बिर