टिप्स

कब्जियत भगाउने ३ चमत्कारिक जुस 

By खबरहब

March 11, 2022

दिशा गर्दा आउने समस्या मध्ये प्रमुख हो, कब्जियत । यो अहिले अधिकांश मानिसको आम समस्या बनेको छ। लामो समयसम्म कब्जियतको उपचार भएन भने यो गम्भीर रोगमा परिणत पनि हुन सक्छ । यस्तोमा घरमै बनाउन मिल्ने केही जुस छन् जसले कब्जियतबाट छुटकारा पाउन सकिन्छ ।

– कागती आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो ।

तयार पार्ने विधि एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर मज्जाले घोल्ने । अब तयार भएको जुस नियमित पिउँदा कब्जियत भगाउँछ।

– सुक्खा जामुन ६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी ।

तयार पार्ने विधि

पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउने त्यसपछि यसको बिउ निकाल्ने र ब्लेन्डरमा मज्जाले पिस्ने । अब यसमा मह र जीराको धूलो हालेर फेरि ब्लेन्डरमा मिक्स गर्ने । अब तयार भएको जुस नियमित पिउन गरे कब्जियतबाट छुटकारा पाइन्छ ।

– स्याउ एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी ।

तयार पार्ने विधि

स्याउलाई काटेर ब्लेन्डरमा पिस्ने र त्यसमा पानी हालेर फेरि एक पटक ब्लेन्डरमा हाल्ने । अब जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्ने र राम्ररी घोली नियमित पिउँदा कब्जियतबाट छुटकारा पाउन सकिन्छ ।

पञ्जाब केशरी