एक साताअघि युक्रेनबाट सार्वजनिक भिडियोमा एक जना नेपाली प्रताप बस्नेतले युक्रेनले आफूलाई गाँस र बास दिएको भन्दै रुसी आक्रमणविरुद्ध लड्न फौजमा भर्ना हुने सुनाए। यससँगै युक्रेनमा रहेका विदेशी योद्धाबारे नेपालमा पनि चर्चा सुरु भयो।
ती नेपालीमात्रै होइनन् अहिलेसम्म ५२ देशका २० हजार भन्दा धेरै विदेशी योद्धाहरु युक्रेनी रणभूमिमा होमिएका छन्। युक्रेनमा लड्न जानेमा पूर्वसैनिक र आमनागरिक मात्रै छैनन् एक जना लात्भियाका सांसद् पनि युद्धमा युक्रेनी फौजका साथै लड्न पुगेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार न्यू कन्जरभेटिभ पार्टीका ४६ वर्षे सांसद् युरिस युरास युक्रेनविरुद्ध लड्न त्यसतर्फ लागेका हुन्। आक्रमणकारीविरुद्ध लड्न र युक्रेनी भूभागको रक्षा गर्नका लागि स्वयं सेवी रुपमा उनी गएको बताइएको छ। बोर्दान्सजस्तै लात्भियाको छिमेकी देश लिथुएनियाका २४ वर्षे पूर्वसैनिक पोभिलास लिमोन्टास पनि युक्रेन जान चाहन्छन्।
बिहीबारको घमाइलो बिहान, लिथुएनियाको राजधानी भिल्नियसस्थित युक्रेनी दूतावासअघि लिमोन्टास कसैको पर्खाइमा उभिरहेका छन्। उनको झोलामा केही दस्तावेज र कुनै समय लिथुएनियन सेनामा सेवा गरेको प्रमाणस्वरुप थोत्रो एउटा बेरे शैलीको टोपी छ। १५ मिनेटपछि कसैले दूतावासको ढोका खोल्छन्। त्यसको आधा घण्टापछि उनलाई क्यूआर कोडसहितको एउटा दस्तावेज थमाइन्छ र पोल्याण्डको सीमामा कहाँ उपस्थितहुने भन्ने जानकारी दिइन्छ।
उनी युक्रेनमा आक्रमण गरिरहेको रुसी फौजविरुद्ध लड्न भर्ना भएका हुन्। ‘म तन्दुरुस्त छु, युवा जोश छ र तालिम पनि। यदि मैले यसको उपयोग गरिन भने स्वार्थ ठहरिनेछ’, उनी भन्छन्, ‘कोही केटाकेटीमाथि आक्रमण गरिने रकेट खेर फालिन्छ भने म जहिलेसुकै पनि यो सम्झौता स्वीकार गर्न तयार छु।’ टाइम म्यागजिनलाई उनले आफू युक्रेनको पक्षमा लड्नुका धेरै कारण बताएका छन्।
विदेशमन्त्रीले भनेका बाहेक अरु हजारौं विदेशी युक्रेनको सहयोगका लागि स्वयंसेवकको रुपमा खटिरहेका छन्। केही यस्ता स्वयंसेवक अहिले पनि रुसी फौजविरुद्ध युद्ध मैदानमा लडिरहेका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको रक्षा गर्न ‘अन्तर्राष्ट्रिय दल’ गठन गरेको एक साताको अवधिमा ५२ मुलुकबाट २० हजारभन्दा धेरै मानिस तयार भएको विदेशमन्त्री दिमित्रो कुलेबाले गत आइतबार टेलिभिजनमार्फत् जानकारी दिएका थिए। ‘शब्दमा मात्रै होइन कर्ममा पनि युक्रेनलाई अहिले विश्वको साथ छ’, उनले सम्बोधनका क्रममा भनेका थिए।
विदेशमन्त्रीले भनेका बाहेक अरु हजारौं विदेशी युक्रेनको सहयोगका लागि स्वयंसेवकको रुपमा खटिरहेका छन्। केही यस्ता स्वयंसेवक अहिले पनि रुसी फौजविरुद्ध युद्ध मैदानमा लडिरहेका छन्।
रुसी आक्रमणपछि युक्रेनीले ब्यहोरेको पीडाले मात्रै सबै विदेशी योद्धाहरुलाई युक्रेन छिर्न प्रेरित गरिरहेको छैन। कुनै समय सोभियत संघको अधिनमा रहेको लिथुएनियाका लिमोन्टासका लागि युक्रेन युद्धको अर्थ त्यो भन्दा गहिरो छ। उनको विश्वास छ, यदि युक्रेन हा¥यो भने उनको आफ्नै देश लिथुएनिया रुसको अर्को निशाना हुनेछ।
युक्रेनमा जारी रुसी आक्रमण अझ चर्किन सक्ने भन्दै नेटो वा अरु कुनै देशले रुसी हमलाविरुद्ध सेना परिचालन गरेका छैनन्। यस्तो अवस्थामा लिमोन्टासजस्तै विभिन्न मुलुकका नागरिक युक्रेन आइरहेका छन्।
युक्रेनमा जारी रुसी आक्रमण अझ चर्किन सक्ने भन्दै नेटो वा अरु कुनै देशले रुसी हमलाविरुद्ध सेना परिचालन गरेका छैनन्। यस्तो अवस्थामा लिमोन्टासजस्तै विभिन्न मुलुकका नागरिक युक्रेन आइरहेका छन्।
कुनै समय अमेरिकी सेनाको इन्जिनियर बटालियनमा आपूर्ति विशेषज्ञको काम गरेका २९ माइकल फेर्कोल इटालीको राजधानी सहर रोममा पुरातत्वको अध्ययन गरिरहेका थिए। यही बेलामा जेलेन्स्कीले ‘अन्तर्राष्ट्रिय दल’को घोषणा गरेर विदेशी योद्धाहरुलाई युक्रेन आउनआह्वान गरे। केही दिनको अन्तरालमा उनी युक्रेनको पश्चिमी सहर लभिभमा रहेको सैनिक भर्ती केन्द्रमा सैनिक चिकित्सकमा भर्ना हुन उपस्थित भए।
‘मैले उनीहरुलाई घाइतेको उपचार गर्न चाहन्छु भनेँ’, लडाइँको अनुभव नभएका २९ वर्षे फेरकोलले रोयटर्सलाई बताए। ‘एकजना फिन्निश पनि थिए, उनीचाहिँ रुसीहरुलाई मार्न मात्रै आएको भन्थे’, उनले सुनाए।
केही विदेशी योद्धालाई ‘लोकतन्त्रविरुद्ध तानाशाही’ आक्रमणबाट युक्रेनलाई जोगाउने प्रेरणाले पनि आकर्षित गरिरहेको छ भने इराक र अफगानिस्तानमा सेवा गरेका केही योद्धा चाहिँ आफ्नै सरकारले बेवास्ता गरेको आफ्नो लडाकु सीपको प्रयोग गर्न युक्रेन आइरहेका छन्।
युद्धमा लडेका पूर्वसिपाही मात्रै युक्रेनमा युद्ध लड्न आइरहेका छैनन्। युद्धको कुनै अनुभव नै नभएकार सेनामा यसअघि सेवा नै नगरेका मानिसहरु पनि रुसी सेनाविरुद्ध लड्न भन्दै आइरहेका छन्। यस्ता अनुभवहीन मानिस बम विष्फोटनको आवाजसँग डराउने र युद्धमा पनि योगदान दिन नसक्ने किसिमका छन्। सैनिक अनुभव भएका एक बेलायती यिनीहरुलाई ‘गोली समाउने’ को संज्ञा दिन्छन्।
युक्रेनमा आएकामध्ये दर्जनौं विदेशी योद्धा बेलायतको उच्चस्तरको पाराशुट रेजिमेन्टका पूर्व सैनिक छन्। यस रेजिमेन्टका पूर्व सैनिकले रोयटर्सलाई जनाएअनुसार आगामी केही दिनमा यो रेजिमेन्टबाट सयौंको संख्यामा पूर्व सैनिकहरु युक्रेन आउन तयार छन्।
विदेशी योद्धाहरुको प्रक्रिया मिलाउने काम गर्दै आएका लभिभशहरका वरिष्ठ अधिकारी भने विदेशीलाई भर्ना गर्ने, तालिम दिने र हतियार उपलब्ध गराउने प्रणाली अझै शिशु अवस्थामै रहेको र केही दिनपछि यसमा सुधार आउने बताउँछन्।
युक्रेनमा आएकामध्ये दर्जनौं विदेशी योद्धा बेलायतको उच्चस्तरको पाराशुट रेजिमेन्टका पूर्व सैनिक छन्। यस रेजिमेन्टका पूर्व सैनिकले रोयटर्सलाई जनाएअनुसार आगामी केही दिनमा यो रेजिमेन्टबाट सयौंको संख्यामा पूर्व सैनिकहरु युक्रेन आउन तयार छन्।
अफगानिस्तान र इराकमा सैनिक सेवा गरेको यो रेजिमेन्टका सैनिक उच्च स्तरको तालिम प्राप्त र उनीसँग धेरैपटक युद्ध लडेको अनुभवसमेत रहेको उनी बताउँछन्।
माइकल फर्कोलका अनुसार अमेरिकास्थित उनको गृहनगर शिकागोमा युक्रेनीमूलका धेरै मानिसहरुको बसोबास छ। ‘म किभ गएर सहयोग गर्न चाहन्छु’, उनी भन्छन्।
‘साँच्चै भन्दा म केही बेचैन छु’, शरणार्थीले भरिएको लभिभको रेलस्टेशनमा रोयटर्ससँग उनले भने, ‘तर, यहाँ मेरो मात्रै कुरा छैन, कष्टमा बाँचिरहेका मानिसको कुरा छ।’
रक्षाकवच, हेल्मेट र अरु सामान नल्याई विदेशबाट आउने योद्धाका लागि यस्ता सामान जुटाउन कठिन परिरहेको छ। विदेशी योद्धाले फेसबुक र ह्वाट्सएपमा समूह बनाएर सामान र बन्दोबस्तीको सामानबारे जानकारी उपलब्ध गराइरहेका छन्। यस्ता समूहमा योद्धाहरुले रक्षाकवच, राति हेर्न मिल्ने चश्माजस्ता सैनिक सामान चाहिएको आग्रह गर्छन्।
रक्षाकवच, हेल्मेट र अरु सामान नल्याई विदेशबाट आउने योद्धाका लागि यस्ता सामान जुटाउन कठिन परिरहेको छ। विदेशी योद्धाले फेसबुक र ह्वाट्सएपमा समूह बनाएर सामान र बन्दोबस्तीको सामानबारे जानकारी उपलब्ध गराइरहेका छन्।
रुसले क्राइमिया कब्जा गरेपछि युक्रेनलाई आर्थिक र बन्दोबस्तीको सामान उपलब्ध गराउन भन्दै योनास ओहमानले स्विडेनमा ब्लू येल्लो नामको गैर सरकारी संस्था स्थापना गरेका थिए। रुसी आक्रमण सुरु भएयता उनको संस्थाले १ करोड ३० लाख युरो भन्दा धेरै रकम संकलन गरिसकेको छ। ओहमान र उनको टिम अहिले युक्रेनको सीमातर्फ १० हजर हेल्मेट, १० हजार बुलेटप्रुफ भेस्ट र २५ जीप र सवारी साधन पठाउन तयार छ।
अन्य मुलुकले युक्रेनलाई सहयोग गर्न भन्दै ज्याभलिन एन्टी ट्यांक क्षेप्यास्त्र र नेक्स्ट जेनेरेशन लाइट एन्टी ट्यांक वेपन एन्लजस्ता हतियार पनि पठाइरहेका छन्। तर, राम्र्रोसँग यस्ता हतियार प्रयोग गर्न महिनौंको तालिम चाहिन्छ। युक्रेनी फौजमा यस्ता हतियार चलाउन जान्ने दक्ष जनशक्तिको अभाव रहेको रोयटर्सले जनाएको छ।
बेल्जियमजस्ता देशहरुले आफ्ना नागरिक र पूर्व सैनिकलाई युक्रेनमा गएर लड्न निरुत्साहित गर्दै आएका छन्। तर जेलेन्स्कीले अन्तर्राष्ट्रिय दलको घोषणा गरेको केही समयलगत्तै डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनले भने आफ्ना नागरिकलाई युक्रेनमा लड्न निरुत्साहित नगर्ने बताइन्। युक्रेनमा लड्न स्वयं सेवागर्ने ‘जो कोहीलाई पनि व्यक्तिगत निर्णय गर्ने अधिकार छ।
लगत्तै लात्भियाको सरकारले पनि नागरिकलाई युक्रेनमा लड्न जान निरुत्साहित नगर्ने घोषणा गर्यो। ‘युक्रेनलाई सघाउन र त्यहाँ लड्न स्वयं सेवामा जान चाहने हाम्रा नागरिकलाई युक्रेनको स्वतन्त्रता र हम्रो साझा सुरक्षाको रक्षागर्न पाउनुपर्छ।’ लात्भियाको संसद्मा प्रस्ताव पेश गर्दै सांसद् युरिस रान्कानिसले भनेका थिए। युक्रेनका लागि लड्न आफ्ना नागरिकलाई बाटो खुलाउने उनको यो प्रस्ताव त्यहाँको संसद्ले पारित गर्यो।
फाइट फर युक्रेन भन्ने वेबसाइटले डेनमार्क र लात्भिया जस्ता युक्रेनका छिमेकी युरोपेली देशमात्रै नभई मलेसिया, इराक र अर्जेन्टिनाजस्ता देशबाट समेत लड्न चाहने योद्धाहरुका लागि परामर्श र जानकारी दिँदै आएको छ। यद्यपि यस्ता स्वयंसेवीले आफ्नो मुलुकको सैनिक वा कुनै सुरक्षा निकायमा काम गरेको अनुभव खुलाउनु पर्नेछ। त्यसपछि ती मुलुकमा रहेका युक्रेनी दूतावासमा सम्पर्क गरेको खण्डमा मात्रै युक्रेन आउने बाटो खुल्नेछ।
फाइट फर युक्रेन भन्ने वेबसाइटले डेनमार्क र लात्भिया जस्ता युक्रेनका छिमेकी युरोपेली देशमात्रै नभई मलेसिया, इराक र अर्जेन्टिनाजस्ता देशबाट समेत लड्न चाहने योद्धाहरुका लागि परामर्श र जानकारी दिँदै आएको छ।
विदेशी दस्ता परिचालन भएको युक्रेन एकमात्र उदाहरण होइन। अन्तर्राष्ट्रिय दल परिचाल भएको यो घटनाले धेरैलाई स्पेनी गृहयुद्ध सम्झाउँछ। सन् १९३६ मा राष्ट्रवादी फ्रान्सिस्को फ्राङ्कोले जनमतबाट निर्वाचित तत्कालीन स्पेनी सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धमा पनि दशौं हजार विदेशी योद्धाहरु लड्न स्पेन गएका थिए।
त्यसबेला पनि अहिले युक्रेनमा जस्तै फ्राङ्कोको अधिनायकवादी राष्ट्रवादको विरुद्ध र लोकतन्त्रको पक्षमा लड्ने प्रेरणाले मानिसलाई हतियार बोक्न स्पेन पुर्याएको थियो।
झण्डै एक शताब्दीपछि युक्रेनमा सुरु भएको युद्धमा पनि यस्तै देखिएको छ। ४८ वर्षीय एकजना सवारी चालक पनि मानवीयताकै आधारमा पेरिसबाट युक्रेन जाने तरखरमा छन्। ‘मलाई रुसीहरु प्रतिकुनै पूर्वाग्रह छैन।’ पोलिटिकोलाई दिएको अन्तरवार्तामा उनी भन्छन्, ‘मेरो आठा वर्षे सन्तान छ र म त्यहाँ गएर मानवजनको रक्षा गर्न चाहन्छु।’
स्पेनको बार्सिलोनाका ४६ वर्षे सिकर्मी लुइस कस्टानियो पनि युक्रेन जानभनी त्यस सहरमा रहेको युक्रेनी नियोग पुगेका छन्। उनी भन्छन्, ‘तपाईंले आफू मुटुलाई हातमा राखेर भए पनि सेवा गर्नुपर्छ।’
अमेरिकी मरिनमा रहेर दुई पटक इराकमा सेवा गरेका हेक्टर न्यू योर्क टाइम्सलाई भन्छन्, ‘प्रतिबन्ध र नाकाबन्दीबाट सहयोग त पुग्छ, तर तत्कालै प्रतिबन्धले काम गर्दैन। तर म भने सहयोग गर्नसक्छु।’