खेलकुद

बी डिभिजन लिगमा नयाँबस्तीको दोस्रो जित

By खबरहब

March 11, 2022

काठमाडौँ- शहिद स्मारक बी डिभिजन लिगमा नयाँबस्तीको जित दोस्रो जित निकालेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको खेलमा नयाँ बस्ती यूथ क्लबले ब्वाईज यूनियनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । 

नयाँ बस्तीको जितमा सुमन योज्ञ, रोशनआङ्दम्बे र सोम थापाले १–१ गोल गरे । ब्वाईज यूनियनको लागिभने विनोद राई र रिवस मास्केको नाममा १–१ गोल रह्यो । 

खेलको १७ औँ मिनेटमा सुमनको गोलले नयाँ बस्तीले अग्रतालियो । ब्वाईज यूनियनको लागि ३९ औँ मिनेटमा विनोदले गोल गरेर खेललाई बराबरीमा पु-याए ।

खेलको ५१ औँ मिनेटमा रिवसको गोलले ब्वाईजले पुनः अग्रता लियो । तर, रोशनले ७० औँ मिनेटमा नयाँ बस्तीको लागि गोल गरेर खेललाई २–२ गोलको बराबरीमा प्रवेश गराए । 

दुवै टोली अर्को गोल गर्न संघर्ष गरिरहेका थिए । करिब १३ मिनेटको संघर्ष पश्चात सोमले खेलको ८३ औँ मिनेटमा नयाँ बस्तीका लागि तेस्रो गोल गरे । सोमको गोल निर्णायक बनेसँगै नयाँ बस्तीले जित आफ्नो पोल्टामा पार्‍यो  ।