तस्वीर- इन्स्टाग्राम/इशा गुप्ता

मनोरञ्जन

इशा गुप्ताको विन्दास फोटोशुट

By खबरहब

March 11, 2022

काठमाडौं- बलिउड एक्ट्रेश इशा गुप्ता सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी बेलाबेला फोटोशुट गरेर सामाजिक सञ्जालमा शेयर गर्छिन् । फेरि एकपटक इशाले आफ्ना फ्यानहरुका लागि आफ्नो फोटोशुट शेयर गरेकी छिन् ।

उनले हालै एउटा फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । फोटोमा उनी सोफामा सुतेको देख्न सकिन्छ । उनले पूरै बाउला भएको बडि शुट लगाएकी छिन् । यसका साथै उनले हाइ ब्लाक बुट्स लगाएकी छिन् ।

फोटोमा उनी निकै विन्दास मुद्रामा देखिएकी छिन् । उनले सार्वजनिक गरेको यो तस्वीरमा हालसम्म १ लाख ९१ हजार लाइक्स आइसकेको छ ।

उनको देशी म्याजिक र हेरा फेरी ३ फिल्म आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले जन्नत २, राज थ्रीडी, हमशकल्स र रुस्तमजस्ता फिल्ममा अभिनय गरेकी छिन् ।