तस्वीर- केसीएनए

अन्तर्राष्ट्रिय

उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको अमेरिकाको दाबी

By खबरहब

March 11, 2022

काठमाडौं- उत्तर कोरियाले अन्तरमहादेशीय ब्लालेस्टिक क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबीले उत्तर कोरियाले हालै उत्तर कोरियाले परीक्षण गरेका दुई हतियारमा नयाँ अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र प्रणालीको भाग’ पनि समावेश रहेको जनाएका हुन् ।

उत्तर कोरियाले गत फेब्रुअरी २६ र मार्च ४ मा परीक्षण गरेको थियो । उत्तर कोरियाले जासुसी भू उपग्रहका लागि ती परीक्षण गरिएको दाबी गरेको थियो ।

यद्यपि पेन्टागनले भने पूर्णस्तरको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गर्नुपूर्व उत्तर कोरियाले उक्त क्षेप्यास्त्र प्रणालीको केही भाग परीक्षण गरेको जनाएको छ ।

दुबै परीक्षणले कुनै किसिमको अन्तरमहादेशीय क्षेप्यास्त्रजस्तो क्षमता नदेखाएपनि पूर्णस्तरको क्षेप्यास्त्र परीक्षण गर्नु अघि क्षेप्यास्त्र प्रणालीको मूल्यांकन गर्न ती परीक्षण गरिएको पेन्टागनको दाबी छ ।