राजनीति

परराष्ट्र मन्त्री खड्काको बहराइन समकक्षीसँग भेटवार्ता

By खबरहब

March 11, 2022

अंकारा- परराष्टमन्त्री नारायण खड्काले बहराइनका परराष्ट्रमन्त्री डा अब्दुललातिफ बिन रसिद अल जायनीसँग अन्टाल्यामा दोस्रो अन्टाल्या कूटनीतिक मञ्चको अवसरमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनीहरुबीच नेपाल र बहराइनबीचको सम्बन्ध‚ साझा चासोका विषय र विषयहरुका साथै विभिन्न क्षेत्रमा संयुक्त सहयोग विकास गर्ने उपायहरुका बारेमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री साथमा रहेको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।