समाचार

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना

By खबरहब

March 11, 2022

काठमाडौँ- खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । राखाबाङ्देल क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरि अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको वडा सदस्य पुरुषोत्तम राजभण्डारीले बताए ।

शान्ति सुरक्षालाई थप मजबुत बनाउन वडामा प्रहरी पोष्ट स्थापना गरिएको उनको भनाइ छ । प्रहरी पोष्ट स्थापना भएसँगै वडा भित्र हुने आपराधिक क्रियाकलाप न्यूनिकरण हुने वडा सदस्य राजभण्डारीको विश्वास छ ।

अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि वडामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण हुने भन्दै स्थानीय खुसी भएका छन् ।