तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

सुडानको अवस्थालाई लिएर अफ्रिकी युनियन र संयुक्त राष्ट्रसंघको चिन्ता

By खबरहब

March 11, 2022

काठमाडदं‌- संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा विकसित परिस्थितिप्रति ध्यानाकर्षण भएको भन्दै यसका लागि सबै संयमित हुनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा पछिल्ला दिनमा विकसित हुँदै गएको राजनीतिक विकासक्रमले कसैलाई पनि फाइदा नपुग्ने भन्दै त्यहाँका राजनीतिक दलहरुले शान्तिपूर्ण माध्यमबाट सबै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

ती दुई संगठनले सुडानका सबै राजनीतिक दल तथा द्वन्द्वरत सबै पक्षलाई वार्ता थाल्न आग्रह गरेका हुन् । सुडानको खार्तुममा संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियन सुडानका विशेष दूतले सुडानलाई सो आग्रह गरेका हुन् ।

उनीहरुले पछिल्लो समयमा सुडानमा राजनीतिक हिंसा बढ्दै गएको र यसको समाधानका लागि द्वन्द्वत सबै पक्ष वार्ताका बसेर निकास निकाल्नुपर्ने भन्दै आग्रह गरेका हुन् ।