तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

इस्लामिक स्टेटद्वारा आफ्ना नेता मारिएको पुुष्टि

By खबरहब

March 11, 2022

काठमाडौं– आतङ्कवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता मारिएको पुष्टि गरेको छ । गएको महिना अमेरिकाले सिरियामा इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशी मारिएको दाबी गरेको थियो ।

आफूलाई इस्लामिक स्टेटका प्रवक्ता बताउने  अबु ओमर अल मुहाजिरले अबु इब्राहिम अल कुरेशी र संगठनका प्रवक्ता अबु हम्जा अल कुरेशी ‘हालैका दिनहरुमा’ मारिएको पुष्टि गरेका हुन् ।

उनका संगठनले अनुसार अबु अल हसन अल हाशिमी अल कुरेशीलाई नयाँ नेता चुनेको छ । नयाँ नेताले संगठनको नेतृत्व गर्न स्वीकार गरिसकेको जनाइएको छ ।

इस्लामिक स्टेटका नयाँ नेता को हुन र उनको अरु पहिचान के हो भन्ने अझै स्पष्ट नभइसकेको अल जजिराले जनाएको छ ।

गत फेब्रुअरी ३ मा ५० सदस्यीय अमेरिकी विशेष सुरक्षा फौजले उत्तरपश्चिमी सिरियाको आट्मेह शहरमा कारवाही गर्दा अबु इब्राहिम मारिएको दाबी गरेको थियो ।