फाइल फोटो

अन्तर्राष्ट्रिय

रुसले युक्रेन आक्रमणमा विदेशी स्वयंसेवी लडाकुलाई पनि परिचालन गर्ने

By खबरहब

March 11, 2022

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी रुसी आक्रमणमा युक्रेनी फौजविरुद्ध रुसको पक्षमा विदेशी स्वयंसेवी खटाउन आह्वान गरेका छन् । रुसको सुरक्षा समितिको बैठकमा बोल्दै राष्ट्रपति पुटिनले रुसको पक्षमा लड्न चाहने विदेशी स्वयंसेवीलाई त्यसो गर्न दिइनुपर्ने जनाएका हुन् ।

‘पैसाका लागि नभई आफ्नै स्वेच्छाले डोनबासका जनतालाई सहयोग गर्न चाहनेलाई त्यसो गर्न दिइनुपर्छ र द्वन्द्वग्रस्त क्षेत्रमा आउन दिनुपर्छ ।’ पुटिनको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसी रक्षामन्त्री सर्गेई सोइगुले मध्यपूर्वी मुलुकहरुमा रुसको पक्षमा लड्न १६ हजार स्वयंसेवी तयार रहेको बताएका छन् । अमेरिकी अधिकारीहरुले भने सोइगुले भनेका स्वयंसेवीहरुमा सिरियामा शहरी युद्धमा निपुण केही लडाकुहरु पनि रहेको बताएका छन् ।

सोइगुले रुसी फौजले युक्रेनी फौजबाट बरामद गरेको अत्याधुनिक एन्टी ट्यांक क्षेप्यास्त्रहरु डोनबास क्षेत्रमा सक्रिय लडाकुलाई उपलब्ध गराउने प्रस्ताव पनि गरेको जनाइएको छ । सोइगुको यो प्रस्ताव पनि पुटिनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।