अन्य

चार लाखभन्दा बढी रकम लुटेको आरोपमा एक जना पक्राउ

By खबरहब

March 11, 2022

दाङ- एक जना महिलाको चार लाखभन्दा बढी रकम लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हाते पर्स खोसेर चार लाखभन्दा बढी रकम लुटेको आरोपमा दाङको घोराही उपमहानगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही–१३ की ४८ वर्षीया झुका रोकाको चार लाख ६७ हजार ७ सय २० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताए ।