आर्थिक

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

By खबरहब

March 11, 2022

काठमाडौँ– सानिमा बैंक र स्प्यारो पे प्राइभेट लिमिटेड (खल्ती) बीच फन्ड लोड गर्नेसम्बन्धी सम्झौता भएको छ ।

आज बैंककाे कार्यालयमा भएको कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा फन्ड लोड गर्न र सानिमा सजिलो ई–बैंकिङमार्फत् चेकआउट गर्न सक्ने छन् ।

सानिमा बैंकका सातवटै प्रदेशमा गरी १ सय २४ कार्यालय र १ सय १० एटीएम सञ्चालनमा छन् ।