राजनीति

माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पायो

By खबरहब

March 11, 2022

सुर्खेत– नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पाएको छ ।

आज बसेको प्रदेश कमिटीको बैठकले सर्वसम्मत् रूपमा पदाधिकारीहरू चयन गरेको हो ।

प्रदेश सम्मेलन गरेको लामो समयपछि कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको हो ।

प्रदेश अध्यक्षमा विमला विमला केसी यसअघि नै चयन भइसकेकी थिइन् ।

प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन् ।