अन्तर्राष्ट्रिय

मुख्यमन्त्री आदित्यनाथबाट राजीनामा, दोश्रो कार्यकालको तयारी

By खबरहब

March 11, 2022

एजेन्सी– दोश्रोपटक सरकार निर्माण थालेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पदबाट राजीनामा दिएका छन् ।

उनले आज प्रदेशकी राज्यपाल आनन्दी बेन पटेलसमक्ष राजीनामा बुझाएका हुन् ।

योगी फेरि उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ ।

हालै भएको चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ ।