समाचार

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेट

By खबरहब

March 11, 2022

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ ।

आज गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनेलगायत समसामयिक विषयमा छलफल भएको हो ।

भेटमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणबारे पनि कुराकानी भएको छ ।