आर्थिक

नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मल्होत्रा चयन

By खबरहब

March 11, 2022

काठमाडौँ– नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मल्होत्रा चयन भएका छन् ।

संघको ११ औँ वार्षिक साधारणसभाले मल्होत्रा चयन भएका हुन् ।

मल्होत्राको नेतृत्वमा संघको २५ सदस्यीय कार्यसमिति पनि गठन भएको छ ।

समितिमा निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल रहेका छन् ।

साधारणसभाले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

संघले मुलुकको सामाजिक, कृषि, व्यापार, व्यवसाय तथा पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा योगदान दिँदै आएको छ ।