फाइल फोटो

राजनीति

स्थानीय तहका उम्मेदवार छनौट गर्न जसपाबाट निर्देशिका बनाइयो

By खबरहब

March 11, 2022

काठमाडौँ– जनता समाजवादी पार्टीको कार्यकारिणी समितिले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गर्न निर्देशिका बनाएको छ ।

शुक्रबार ललितपुरमा बसेको जसपाको बैठकले निर्देशिका पारित गरेको वरिष्ठ नेता अशोक राईले जानकारी दिएका हुन् ।

निर्देशिका फागुन २९ र ३० गते बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिने पनि उनले बताए ।

त्यस्तै, बैठकले समसामायिक राजनीतिक परिस्थिति र कार्यदिशासम्बन्धी प्रतिवेदन पारित गरेको र यो प्रतिवेदन शनिबार बस्ने संघीय परिषद्को बैठकमा पेश गरिने राईले बताए ।

संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको अन्य एजेण्डाहरू पनि तयार गरिएको छ ।

जसपाभित्र पार्टी समायोजन, कार्यविभाजन, कार्यकारिणी समिति विस्तार, पदाधिकारी चयन, कार्यकारिणी अध्यक्षलगायत विषयमा नेताहरूबीच विवाद छ ।

यी विषयहरूमाथि परिषद् र केन्द्रीय समितिको बैठकमा छलफल हुनेसमेत जसपाले जनाएको छ ।