समाचार

संखुवासभामा एक चिनियाँ नागरिक पक्राउ

By खबरहब

March 11, 2022

संखुवासभा– संखुवासभाको किमाथाङ्का नाकाबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

शुक्रबार भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकानजिकबाट पक्राउ पर्ने २८ वर्षीय चिनियाँ नागरिक चाऊ चिनचियाउ रहेको संखुवासभा प्रहरीले जनाएको छ ।

ती व्यक्ति नेपाल आउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाएको छ ।