अन्तर्वार्ता

‘सानैमा आमा गुमाएँ, उहाँको नाममा ट्याटु खोपेको छु’

By विद्या लामा

April 11, 2022

राष्ट्रिय खेलकुदमा युवाहरुको आकर्षण भएको खेल हो, पारा तेक्वान्दो । जुन खेलमा पछिल्लो समय सानै उमेरका बालबालिकादेखि युवासम्म आकर्षित छन् । खेलकुदसँगै आफ्नो शरिर सुगठित बनाउन र व्यक्तिगत सुरक्षाका लागि पनि उपयोगी मानिने पारा तेक्वान्दो अरु खेलभन्दा रोचक र चुनौतिपूर्ण छ । तर राष्ट्रिय खेलकुद परिषद् लगायतका संघ संस्थाले यो खेललाई त्यति ध्यान दिएका छैनन । पारा तेक्वान्दोमा क्षमतावान खेलाडी उत्पादन र प्रशिक्षित भए मात्रै अन्तर्राष्ट्रिय मेडल जित्न सकिन्छ भन्ने प्रशिक्षकहरुको भनाई छ । यसै सन्दर्भमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामासँग उनको बाल्यकालको संघर्षदेखि, खेलाडीमा सफलता र प्रशिक्षकसम्मको यात्राको बारेमा खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः

तपाईको बाल्यावस्था कसरी बित्यो ? म जन्मेको मकवानपुरमा हो । तर हजुरबुबा यहीँ काठमाडौँमा हुनुहुन्थ्यो, त्यसपछि यत्तै आयौँ । सानैमा मेरो आमा बित्नुभयो परिवारका अरु सदस्यको मायाले हुर्केँ । अझ विशेष गरेर मेरो हजुुरबुबाको मायामा रमेँ । कहिलेकाही आमाको अभाव त अवश्य नै खड्किन्छ । तर पनि आजको अवस्थामा आउँदा उहाँको आर्शिवादले यहाँ आइपुगे जस्तो लाग्छ । बाल्यअवस्थामा पढाइ त थियो नै । तर अन्य क्रियाकलापमा भाग लिन रुचाउँथे । जसमा खेलकुद, गितार बजाउने तथा अन्यमा मेरो झुकाव बढेर गयो । खेल्ने क्रममा कराते पनि सुरु गरियो । खेलकुदमा सबैले लाग्नु भन्ने हौसला दिनुभो । यसरी नै खेल जीवनको यात्रा सुरुवात भयौँ ।

तेक्वान्दो खेलाडी बन्छु र सफल खेलाडी बन्छु भन्ने कसरी सोच आयो ? खेलकुदमा लाग्न खेल भनेको मनबाट आउनुपर्छ । जसका कारण आफ्नो लगावलाई आत्मसात गर्न सकिन्छ । विभिन्न खेल खेल्ने क्रममा फुटबल खेलिन्थ्यो । जसका कारण कोचहरूको आवश्यकता पर्दैनथ्यो । त्यसपछि क्रिकेट खेल्न्थियो । खेल्ने क्रममा अन्याज गुरुले सिकाउनु हुन्थ्यो । उहाँको प्रेरणाले तेक्वान्दोमा लाग्दै गयौँ । विभिन्न कार्यक्रममा भाग लिने क्रममा मेडलहरू जित्दै जान थालेँ । यसले गर्दा थप हौसला मिल्यो । यसरी अगाडि बढिरहेँ । जति खेल्यो त्यति नै हार्ड वर्क देखेँ । जसले गर्दा खेल प्रतिको मोह झन् बढेर गयो । खाली समयको सदुपयोग गरेर मैले आफ्नो खेलकुद गतिविधिलाई अगाडि बढाएँ ।

तेक्वान्दो खेलाडीको रूपमा अघि बढिरहँदा यसमा लागेर जीवन निर्वाह गर्न सकिदैन, छोड्नुपर्छ भन्ने कुरा आयो कि आएन ? सुरुवाती चरणमा खेलाडी जीवन भनेको सघंर्ष नै हुन्छ। मलाई घरपरिवारले ब्रिटिश आर्मीका लागि भिड्नु पर्छ भन्नुहुन्थ्यो । तर हाइट नपुगेको कारण त्यो सफल हुन सकेन । यता ओलम्पिकमा भाग लिन पनि हाइटले दिएन । तर खेलप्रतिको मोहलाई कायमनै राखेँ । जसका कारण जुनियर खेलमा अगाडि बढ्न सफल भएँ जस्तो लाग्छ । आर्थिक रूपमा सम्पन्न हुन नसके पनि अन्तराष्ट्रिय स्तरमा पदकहरू हात पार्दा एकदम गर्व महसुुस भयो । सबैले राम्रो खेल्दै छौँ भनेर प्रोत्साहित गर्नुहुन्थ्यो । सायद त्यही भएर पनि यसैमा आफनो जीवन अगाडि बढाएँ ।

नेपालको सन्र्दभमा पारा तेक्वान्दोको प्रशिक्षक भइरहँदा राज्यबाट अरु खेलभन्दा पारा तेक्वान्दो ओझेलमा परेको जस्तो लाग्दैन ? पारा तेक्वान्दो ओझेलमा त परेको छ । अहिले हामीसगँ पारा ओलम्पिक कमिटी २ वटा छ । एउटा राष्ट्रिय रूपमा दर्ता गरिएको छ, अर्को अन्तराष्ट्रिय कमिटीमा दर्ता गरिएको छ । राज्यको सुविधा लिन खेलकुद मन्त्रालयअन्र्तगतको राष्ट्रिय तेक्वान्दोमा जानु पर्ने हुन्छ । जसलाई अन्तराष्ट्रिय रूपमा मान्यता छैन । हामीले खेल्ने भनेको एसियन र अन्तराष्ट्रिय तेक्वान्दो खेल्ने हो । हाम्रो लक्ष्य भनेको त देशको लागि प्रतिनिधित्व गर्ने हो । देशलाई पदक ल्यानु हो नि त । हाम्रो दर्ता भएको अन्तराष्ट्रिय पारा तेक्वान्दो ओलम्पिकमा गयो भने विडम्वना बजेट नै छैन भन्छ । खेलाडीको चाहाना भनेको पनि अन्तराष्ट्रिय रूपमा रेङकिङ ल्याउनु नै हुन्छ । त्यसका खेलाडीको आफनो प्रतिभा देखाउनबाट बञ्चित हुन्छन् ।

अहिले हाम्रो ताइवान्दो संघको तर्फबाट सहयोग भइरहेको छ । त्यसले नै खेलाडी अन्तराष्ट्रिय रूपमा प्रतिस्पर्धा गरिरेहका छन् । राज्यले साफ र एसियन गेममा मेडल आउँछ कि ? तेस्रो पदक आउँछ कि भनेर मात्र हेर्ने गर्छ । ओलम्पिकमा गयौँ भने त्यसमा जानु नै ठुलो कुरा हो भनेर चित्त बुझाउनु पर्ने अवस्था छ । अन्य खेल जस्तो पारामा राज्यले सहयोग गरेको देखिँदैन । पारालाई राष्ट्रिय खेलकुद परिषद्, सरकार र सम्बन्धित निकायले ध्यान दिएको खण्डमा पेरिस ओलम्पिकमा मेडल ल्याउन गाहो छैन । हाम्रो खेलाडीहरू पनि कमजोर छैनन् ।

अस्ति भर्खर अहिलेसम्मको पारा तेक्वान्दोका इतिहासमा टोकियो ट्वान्टीमा पलेसा गोर्वदनले २ फाइट जितेरै देखाको हो । योभन्दा अगाडि १९८८ विद्यान लामाले डेमोस्टे«शनमा फाइट जितेरै लेर आएको थियो । यो पालि पनि हाम्रो लक्ष्य पारा ओलम्पिकमा जित्ने लक्ष्य थियो । तर चीनका खेलाडीसँग बराबर भएर पराजय भोग्नु पर्यो । २ फाइटमा अमेरिकालाई जितेको हो नि । सर्भियालाई जित्नु पनि नेपालको लागि गौरवको कुरा हो । सरकारले ध्यान दिएको खण्डमा पेरिस ओलम्पिकमा मेडल आउछ । राज्यले सगंगठन र बजेटको परिपुर्ति गर्ने काम गर्नुपर्दछ ।

पारा तेक्वान्दोमा लागेर जीवन निर्वाह गर्न सक्ने अवस्थामा छ ? पारा तेक्वान्दोमा म अहिलेसम्म भोलेन्टियरको रूपमा रहेको छु । परिवारको सवालमा यो पेशामा लागेर जीवन निर्वाह गर्न त गाहो छ । जीवनको सन्र्दभमा गासँ, बास कपास त चाहियो । अवश्य पनि निर्वाह गर्न गाहो छ । तर मेरो परिवारको सर्पोट छ । म एन्फामा सहायक एजुक्युटिभ जीएसको रूपमा आबद्ध भएको हुनाले आम्दानी बाटो छ । आर्थिक रूपमा यसले जीवनस्तर नउकासे पनि राष्ट्रको लागि खेल क्षेत्रबाट प्रतिनिधित्व गर्न पाउँदा गौरव लाग्छ । समाजामा आफनो प्रतिष्ठा आर्जन गरेको छु । जुन कुराले आपफूमा गौरव लाग्छ ।

एकातिर राष्ट्रिय खेलाडी, अर्कातिर एन्फामा पनि आबद्ध हुनुहुन्छ । कसरी व्यवस्थापन कसरी गरिरहनुभएको छ । ? फुटबलप्रति मेरो सानैदेखि लगाव पनि थियो । म सहायक प्रशासन हेर्ने भएकोले बिहान पारा तेक्वान्दो प्रशिक्षण सातदोबाटोमा छ । त्यही हुन्छ । दिउँसो एन्फामा आबद्ध हुन्छ । यसरी नै आफनो समयको व्यवस्थापन गरिरहेको छु ।

राष्ट्रिय प्रशिक्षक हुन कसरी अवसर जुटाउनु भयो ? सन् २०१५ मा मेरो कल्याण कुवँर साथी हुनुहुन्थ्यो । २०१३ मा नेपालको पहिलो खेलाडी पाराको यादव कुवँर गुरु हुनुहुन्छ । उहाँले पारा तेक्वान्दोको टिम बनाउनुपर्छ भन्ने सोच बनाउनुभएको रहेछ । सोही क्रममा तिमी पनि आउनु भन्नु भयो । त्यसपछि दिपक विष्ट गुरु, साथी कल्याण यसरी टिम पुराभएपछि संस्था स्थापना भयो । उहाँहरूले अब तिमी थर्ड क्लासकोे इन्टरनेशनल ताइक्वान्दोको प्रशिक्षक हौँ । अब तिमीले प्रशिक्षण दिनुपर्छ खेलाडीलाई भन्नुभयो । त्यही क्रममा २०१५ मा मैले प्रशिक्षकको जिम्मेवारी पाएँ । सोही क्रममा २०१६ नेपालको पारा तेक्वान्दोलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनु पर्छ यसरी हुदैँन भन्ने कुरा हाम्रो टिममा भयो । २०१६मा हामीले कोरियाको मुजुमा गएर तेक्वान्दोको आफनै खर्चमा १६ दिने कोर्ष ग¥यौँ । यसरी मेरो यात्रा प्रशिक्षकको रूपमा सुरु भयो ।

आज आफूलाई एक सफल खेलाडीको रूपमा चिनाउँन पाउँदा र विगतलाई फर्केर हेर्दा कस्तो अनुभुति पाउनुभयो ? म आफूलाई सफल खेलाडी चाहिँ भन्दिनँ । तर म एक सफल पारा प्रशिक्षक भन्न चाहिँ रुचाउछु । सफल भनिहाल्न मन लाग्दैन । सफल हुनलाई त ओलम्पिकमा र एसियन गेममा मेडल ल्याउनुपर्छ । त्यो अवस्थामा पुगिसकेको छैनौँ । भोलिका दिनमा म हुन्छु हुन्न थाहा छै । तर मैले सिकाएको खेलाडीले ओलम्पिक गेम र पेरिस ओलम्पिकमा मेडल ल्याउँछ भने त्यो नै मेरो लागि सफलता हुनेछ । आजसम्म ५ वटा अन्तराष्ट्रिय गेममा जादाँ हामीले पारा तेक्वान्दोमा ६ वटा मेडल ल्याउन सफल भएका छौँ । ओलम्पिकमा मात्र मेडल ल्याउन सकेनौँ । एसियन युथ गेममा पारा तेक्वान्दोबाट स्वर्णसहित ३ वटा मेडल ल्याउन सफल भएका छौँ । वल्र्ड च्याम्पियनमा र एसियनमा च्याम्पियनसिपमा र डब्लु टी प्रेसिडेटन रिजनमा पनि मेडल भित्राउन सफल भएका छौँ । यसरी नेपालको प्रतिनिधित्व गर्दै मेडल ल्याउन पाउँदा सफलनै जस्तो लाग्छ । जुन अहिलेसम्म नेपाली खेलाडीले ताइवान्दोमा ल्याउन धेरै गाहो छ । जुन हाम्रो लागि गौरवको विषय थियो । आजसम्म पाराबाट नेपाली खेलकुद जगतमा १७ वटा मेडल भित्रयाउन सफल भएका छौ । जुन सहज थिएन । सरकारले यसको मुल्यांकन गर्नुपर्छ ।

तपाईको जीवनका खेल क्षेत्रमा लागेर के के पाउनुभयो ? मैले आफनो खेल जीवनमा २०१५ मा पारो तेक्वान्दोको प्रशिक्षको रूपमा जिम्मेवारी पाएँ । अन्तराष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षकको प्रमाणपत्र पाएको छु । यस्तै पारा ओलम्पिक र एसियन युथ पारा गेमको प्रशिक्षणको रूपमा पनि छु । २०१७ मा कुकिवान र नेपाल तेक्वान्दो एसोसियसनको फाइभ डेन ब्ल्याक बेल्टको रूपमा परिचित भएको छु । नेपाल फुटबल महासंघ एन्फामा पनि कार्यकारी सहायक पदमा आबद्ध हुने अवसर पाएको छु ।

प्रशिक्षक हुनुहुन्छ भने सफल खेलाडीका रूपमा पनि चिनिनुहुन्छ । आफूले मुल्यांकन गर्दा केमा सफलता पाएँजस्तो लाग्छ ? मे सफलता पाओस्, विदेश जान पाउछु भन्ने लागेर आबद्ध भएको होइन । आफूमा इच्छा शक्ति भएको र फरक क्षमता भएको खेलाडीलाई प्रशिक्षण सहयोग दिन पाउँदा उनीहरूमा आत्माविश्वास बढ्छ भन्ने हेतुले म लागेको हुँ । तर मलाई यसरी आफना खेलाडीलाई प्रशिक्षण दिइरहँदा ओलम्पिकमा उनीहरूसगँ बसेर कोचको रूपमा गेम हेर्न पाउँछजस्तो लागेको थिएन् । जुन मेरो लागि कल्पनाभन्दा बाहिर थियो । अझै पनि ओलम्पिकमा मेडल ल्याउन भने बाँकी रहेको छ । जुन पूरा हुन्छ भन्ने आशा गरेको छु ।

युवा खेलाडीहरू शोखका रूपमा दुई दिन आउनुहुन्छ । तर यो पेशामा लागेर आफनो क्यारियर बन्दैन भन्ने सोच पनि छ । उहाँहरूलाई के सन्देश दिन चाहानुहुन्छ ?

आफूमा भएको प्रतिभा लुकाएर नराख्नू, समाजमा उदारणीय बन्नु, तपाईसँग क्षमता छ तर त्यसलाई प्रस्तुत गर्न डर र लाज लाग्छ भनेर नबस्नू। पारामा आज हामीसगँ भएका खेलाडी, पलेशा गोर्वद्धन, सिर्जना घिसिङजस्तै हजारौँ खेलाडी हामीलाई आवश्यक छ । ओलम्पिकमा एकजना खेलाडीले मात्र प्रतिनिधित्व गरेर शान देखाउन सक्ने अवस्था छैन । आफूमा इच्छाशक्ति छ भने आउनुस् । देशको नाम र आफनो प्रतिभालाई उजागर गरौँ भन्न चाहन्छु । ताइक्वान्दोमा नै लाग्नु पर्छ भन्ने छैन । तपाईलाई जेमा लगाव छ, त्यसमा नै आफनो कर्म गर्नुस्। आफूमा भएको कलालाई बाहिर ल्याउनुस् । त्यसमा दक्षता हाँसिल गर्नुस् । बढीभन्दा बढी सफलता आफैँ मिल्छ भन्न चाहान्छु ।