राजनीति

माओवादी म्याग्दे कमिटीद्वारा उम्मेदवार छनौट

By खबरहब

April 11, 2022

तनहुँ – स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी म्याग्दे कमिटीले उम्मेदवार सिफारिस गरेको छ ।

माओवादीले अध्यक्ष, उपाध्यक्ष र सबै वडा कमिटीमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ र उपाध्यक्षमा जमुना अधिकारी सिफारिस भएका छन् ।

यस्तै वडा नम्बर १ मा टेकबहादुर रसाइली, २ मा तिलक थापा, ३ मा शोभाकर दाहाल, ४ मा राजु राना, ५ मा विशाल विक, ६ मा प्रकाश भण्डारी र ७ मा बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन् ।