सांकेतिक तस्वीर ।

अपराध

९३ केजी गाँजासहित एक जना पक्राउ

By खबरहब

April 11, 2022

महोत्तरी – महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाँजा) सहित एक जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी छिनमस्ता वाहिनीबाट खटिएको प्रहरी टोलीले गए राती  धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्गलाई पक्राउ गरेको हो ।

छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाँजा नियन्त्रण लिइएको छ ।

थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।