मनोरञ्जन

जगदिशको ‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो)

By खबरहब

April 11, 2022

काठमाडौँ– गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’ को भिडियो रिलीज भएको छ ।

प्रेमका रमाइला प्रसङ्ग तथा प्रेमिकालाई दिइएका आश्वासन समेटिएको गीतको भिडियोमा लोकप्रिय अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन् । भिडियोका निर्देशक विधान कार्की हुन् ।

समाल सुगम संगीत तथा गजल गायनमा बढि लोकप्रिय भए ता पनि यस प्रकारको गीतमा समेत उनको गायन कला उत्तिकै दमदार छ ।

गीतका संगीतकार पूर्ण लामिछाने हुन् भने हरि सुजीको शब्द सृजनामा रहेको छ । दीपक एम सिंहको कोरियोग्राफी रहेको भिडियोका छायाँकार हरि हुमागाईं हुन् भने बिकास दाहालको सम्पादन रहेको छ ।

नबिर्से तिमीलाई नपाए तिमीलाई, उनको प्रिति हिले हो कि मेरो प्रिति पहिले, आओ यादहरु हो आओ, आधा उमेर निन्द्रामै बित्यो जस्ता अलटाईम हिट गीत गाएका समालले ‘डान्सिंग प्याटर्न’ का गीत बिरलै गाएका छन् ।