तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पाकिस्तानमा इमरान खानको पार्टीका सबै सांसदद्वारा राजीनामा

By खबरहब

April 11, 2022

काठमाडौं– पाकिस्तानमा इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीले आफ्नो पार्टीबाट निर्वाचित सबै सांसद्‍हरुले सामूहिक राजीनामा दिने घोषणा गरेको छ ।

नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनु अघि खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय बैठकले यस्तो निर्णय गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

‘संसदीय पार्टीले नयाँ आयातित सरकारविरुद्ध संसद्‍‍‍बाट राजीनामा दिने निर्णय गरेको छ ।’ पीटीआईको केन्द्रिय सूचना सचिव फारुख हबिबले ट्विट गरेका छन् ।

पार्टीको निर्णयलगत्तै सांसद मुराद सइद, पूर्व समुद्र मामिलामन्त्री अली हैदर जइदी, अली अमिन गन्दापुर लगायत ले सांसद पदबाट राजीनामा दिएको बताइएको छ ।

यसअघि हिजोमात्रै निवर्तमान सूचनामन्त्री फवाद चौधरीले सोमबार पार्टीका सबै सांसदले राजीनामा दिने जानकारी दिएका थिए । पाकिस्तानी संसद्‍मा सबैभन्दा ठूलो दल पीटीआईका १५५ सांसद छन् ।