समाचार

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान जारी

By खबरहब

April 11, 2022

हुम्ला– हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान जारी छ ।

खोप अभियानअन्तर्गत खोप लगाउने क्रम जारी छ । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।

आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लगएका छन् । सोमबार सिमकोट गाउँपालिका- ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।

नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप लगाउन सुरु गरिएको हो ।

आज सञ्चालन भएको खोप अभियानलाई स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख सिंहले प्रेमबहादुर सिंहले अनुगमन गरेका थिए ।