तस्वीर- डेली मिरर श्रीलंका

अन्तर्राष्ट्रिय

इन्धन अभावले घुम्न नपाएको भन्दै श्रीलंकामा पर्यटकको प्रदर्शन

By खबरहब

April 11, 2022

काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावबाट गुज्रिरहेको श्रीलंकामा पर्यटकहरु समेत सरकारविरोधी प्रदर्शनमा उत्रेका छन् ।

हाल श्रीलंका भ्रमणमा रहेका पर्यटकको समूहले सरकारविरोधी प्रदर्शन गरेको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणका अनुसार दक्षिणी प्रान्तको गल्ले जिल्लास्थित अम्बालाङ्गोदा शहरमा पर्यटकको समूहले सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

मुलुकमा चरम इन्धन अभाव रहेका कारण आफूहरूले राम्रोसँग भ्रमण गर्न नपाएको भन्दै पर्यटक प्रदर्शनमा उत्रेको बताइएको छ ।