तस्वीर- पीए

अन्तर्राष्ट्रिय

विभिन्न शिख संस्थाद्वारा अमेरिकामा शिख दिवस मनाउने प्रस्तावको स्वागत

By खबरहब

April 11, 2022

काठमाडौं– हरेक वर्ष अप्रिल १४ लाई शिख दिवसको रुपमा मनाउने अमेरिकी कांग्रेसको प्रस्तावलाई अमेरिकामा रहेका शिख धर्म सम्बन्धी संस्थाहरुले स्वागत गरेका छन् ।

केही समयअघि अमेरिकी शिख कांग्रेसनल ककसले कांग्रेसमा शिख दिवसबारे प्रस्ताव पेश गरेको थियो । यस प्रस्तावले अमेरिकी समाजमा शिख समुदायको योगदानलाई मान्यता दिएको भन्दै विभिन्न शिख संस्थाहरुले स्वागत गरेको जनाइएको छ ।

अमेरिकामा शिख दिवस मनाउने विषयमा आएको प्रस्तावको अमेरिकन शिख गुरुद्वारा प्रबन्धक कमिटी (एजीपीसी), शिख ककस कमिटी, शिख कोअर्डिनेशन कमिटी लगायतका शिख समूह तथा संस्थाहरुले स्वागत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

विश्वभर ३ करोड शिख धर्मावलम्बी रहेकामध्ये अमेरिकामा मात्रै १० लाख शिखको बसोबास रहेको एएनआईले जनाएको छ ।