फाइल फोटो

अन्तर्राष्ट्रिय

चीनको शून्य–कोभिड रणनीति दिगो भएन : डब्लूएचओ

By खबरहब

May 11, 2022

बेइजिङ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको बताएका छन् ।

कोभिडको महामारी सुरु भएदेखि अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुखको यस्तो भनाई आएको हो ।

‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन’, गेब्रेयससले पत्रकार सम्मेलनमा भने ।

चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीव्र वृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ।