फाइल फोटो

समाचार

श्री एयरलाइन्सको जहाज काठमाडौँमा आकस्मिक अवतरण

By खबरहब

May 11, 2022

काठमाडौँ – काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ ।

८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ बजेर ८ मिनेटमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले बताए ।

सुरक्षित अवतरण गरिएको जहाजको प्राविधिक जाँच गरिने उनको भनाइ छ । उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो ।