काठमाडौं- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर कतारी टेलिभिजन च्यानल अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ ।
इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल अल जजीरा र प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । गोली हानिएका बेला उनले ‘प्रेस’ लेखेको ज्याकेट लगाएको अल जजीराले जनाएको छ ।
सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।
अक्लेह अल जजिराको अरबी समाचार सेवामा महत्वपूर्ण व्यक्तित्व थिइन् ।