समाचार

जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने

By खबरहब

May 11, 2022

काठमाडौँ– जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ बाट औपचारिक उडान सुरू गर्ने भएको छ ।

जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो । 

बुद्ध जयन्तीको अवसर पारेर २ जेठबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । सोही दिन जजिरा एयरवेजले पहिलो उडान गर्न लागेको हो ।

आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । जजिरा एयरवेजले सातामा तीन उडान गर्ने भएको छ । भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान गर्नेगरी जजिरा एयरवेजले उडान तालिका सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएको तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार कुवेतबाट भैरहवा आउनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ ।