फाइल फोटो

समाचार

लमजुङका मतगणना स्थलमा सीसी क्यामेरा जडान

By खबरहब

May 11, 2022

लमजुङ– लमजुङका आठवटा स्थानीय तहको मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ ।

निर्वाचन आयोगकले प्रत्यक्ष निगरानी गर्नसक्ने गरी लमजुङको आठवटै निर्वाचन मतगणनास्थलमा क्यामेरा जडान गरिएको हो ।

जिल्लाको बेंसीशहर, मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिकमा सिसी क्यामेरा जडान गरिएको छ भने जिल्लाको दोर्दी क्व्होलासोथर, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकाको मतगणना स्थलमा पनि क्यामेरा जडान भइसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

मतगणनालाई सुरक्षित बनाउन मतगणनास्थलमा सीसी क्यामेराबाहेक फलामको बार हाल्ने र सो सम्भव नभएका ठाउँमा बाँसको बार राख्ने निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । मतगणनाका बेला कुनै पनि अप्रिय घटना नहोस् भन्ने हेतुले सुरक्षा निगरानीमा मतगणना गरिने खनालको भनाइ छ ।