तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

दाजु नवाजलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ लन्डनको यात्रामा

By खबरहब

May 11, 2022

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग– नवाज (पीएमएल–एन) का अध्यक्ष नवाज शरिफलाई भेट्न लन्डन पुगेका छन् ।

स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएअनुसार शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएल-एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल लन्डन पुगेको हो ।

प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको पाकिस्तानको शाम टिभीले जनाएको छ ।

स्रोतहरू उद्धृत गर्दै डेली टाइम्सले  जनाएअनुसार नवाज शरिफले केही महत्त्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ जसमा पीएमएल–एनले ‘ठूलो निर्णय’ लिने अपेक्षा गरिएको छ ।

लन्डनमा मिडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरिफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन् । बैठक राति ८ बजे (पाकिस्तानी समय) मा हुने नवाजका छोरा हसन नवाजको स्टानहोप हाउसस्थित कार्यालयमा हुने बताइएको छ ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् २०१९ यता स्वास्थ्य समस्या देखाउँदै लण्डनमा बस्दै आएका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्रीले  स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाइलाई लम्ब्याउन माग गरेका छन् ।

गत महिना नवाजले पाकिस्तान पिपुल्स पार्टी पीपीपी अध्यक्ष बिलावल भुट्टो–जर्दारीसँग पनि भेट गरेका थिए जो पछि पाकिस्तानको संघीय मन्त्री नियुक्त भएका थिए ।