मनोरञ्जन

चुनावका कारण ‘सम्झना बिर्सना’ पछि सर्‍यो

By खबरहब

May 11, 2022

काठमाडौँ– स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म  ‘सम्झना बिर्सना’ को प्रदर्शन स्थगन भएको छ । 

जेठ ६ मा रिलिज हुने भनिएको फिल्म आज एक सूचना जारी गर्दै रोकिएको हो । निमेष प्रधान निर्देशित फिल्म जेठ ६ गतेदेखि रिलिजको तयारीमा थियो । 

फिल्मको नयाँ रिलिज मिति चाँडै घोषणा हुने निर्माता आदित्य प्रधानले बताएका छन् । मुलुक यतिबेला आगामी शुक्रबार हुने स्थानीय निकायको चुनावमा होमिएको छ । 

फिल्म हलहरू पनि बिहीबार आंशिक बन्द र शुक्रबार पूर्ण रुपमा बन्द हुने तयारीमा छन्।