मनोरञ्जन

‘रामसे हंट सिन्ड्रोम’ को शिकार भए गायक जस्टिन बिबर

By खबरहब

June 11, 2022

काठमाडौँ– चर्चित क्यानेडियन पप गायक जस्टिन बिबरलाई पक्षाघात भएको छ । २८ वर्षीय गायक बिबरले इन्स्टाग्राम लाइभमा आफैँले  ‘रामसे हंट सिन्ड्रोम’ को शिकार भएको जानकारी दिएका हुन् । यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको समेत बताएका छन् । 

‘म एकातिरको आँखा झिम्काउन पनि सक्दिनँ र एकातिरको भाग नचल्दा हाँस्न पनि सक्दिनँ । नाक पनि चलाउन मिल्दैन । यसरी मेरो एकापटिको केही पनि नचल्ने भएको छ,’ उनले लाइभ गरेको भिडियोमा भनेका छन् । उनले सो क्यान्सिल गर्नुपरेकोमा दुःख लागेको बताउँदै प्रशंसकलाई धैर्य गर्न आग्रह गरेका छन् । उनले आफूले केही दिन आराम गर्ने र ठीक भएपछि कन्सर्टमा फर्कने वाचा पनि गरेका छन् ।