ब्रेकिङ स्टोरी

आईजीपी सिंहविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

By खबरहब

July 11, 2022

काठमाडौँ – धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

आज जवाफी बहस सकिएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ।

आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

रिटमा पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख गरेका छन् । उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेर उनले रिट दायर गरेका छन् ।