प्रवास

 चार नेपाली मिडिया सम्मानित

By खबरहब

July 11, 2022

लण्डन-  बेलायतमा १० वर्षदेखि सक्रिय चार नेपाली मिडियालाई सम्मान गरिएको छ ।

 विदेशमा रहेर नेपाली भाषाको माध्यमबाट नेपाली समुदायलाई सुसूचित गर्न सक्रिय भूमिका निर्वाह गरेबापत उनीहरूलाई नेपाल पत्रकार महासंघ बेलायतको १० औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।

नेपालब्रिटेड डट कम, एभ्रेष्ट टाइम्स्, नेपाली पत्र र बिएफबिएस गोर्खा रेडियोलाई  सम्मान गरिएको हो ।

समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालब्रिटेन डट कम  अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकाल तथा प्रधान सम्पादक चिरन शर्मा लगायतका मिडियाहरूलाई खाँदा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।