अपराध

सशस्त्र प्रहरीद्वारा लागू औषधसहित एक जना पक्राउ 

By खबरहब

July 11, 2022

पर्सा- पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ इनरुवाबाट असार २७ गते सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पञ्चायत घर बताउने जानु गुप्ता छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो ।

पक्राउ परेका निज गुप्तालाई बरामद लागू औषधसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।