क्रिकेट

नामिबियाद्वारा नेपाललाई दिएको २ सय २१ रनको लक्ष्य प्रस्तुत

By खबरहब

July 11, 2022

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्यान्डको आयरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नामिबिया ४७ ओभर ३ बलमा नसमेटिँदा २ सय २० रन बनाएको हो ।

नामिबियाका लागि जन निकोल लोफ्टी–इटनले ६० रन र दिवान ला ककले ४१ रन बनाए । नामिबियालाई सस्ता समेट्न नेपालका लागि सन्दीप लामिछानेले ४, सोमपाल कामीले २ तथा करन केसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।