सांकेतिक तस्वीर ।

अपराध

भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

By खबरहब

July 11, 2022

काठमाडौँ– भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजूलाई खुकुरी प्रहार गरेका थिए । 

त्रिवेणी गाउँपालिका १ रुघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजू दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले आइतबार राति जग्गा अंशबण्डाको विषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजू दिलसरालाई खुकुरी हानेका थिए ।  

घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई नियन्त्रणमा लिएको हो ।घाइते दिलसराको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ ।