खेलकुद

सान्चेज फ्रेन्च क्लब मार्सेमा

By खबरहब

August 11, 2022

काठमाडौं- इन्टर मिलानका पूर्व स्ट्राइकर एलेक्सिस सान्चेज फ्रेन्च लिग वान क्लब मार्सेमा अनुबन्धित भएका छन्।

बुधबार राति सफल स्वास्थ्य परिक्षण पूरा भएसँगै सान्चेज आधिकारिक रुपमा फ्रेन्च क्लबसँग जोडिएका हुन्।

यसअघि इन्टरले सान्चेजसँगको सम्झौता नविकरण नगर्ने घोषणा गरेपछि उनी मार्सेसँग जोडिएका थिए।

पूर्व बार्सिलोना, आर्सनल र म्यानचेस्टर युनाइटेडका खेलाडी सान्चेज पछिल्लो सिजन इन्टरबाट सात खेलमा मात्र पहिलो रोजाईमा खेलेका थिए।

चिलीका अन्तर्राष्ट्रिय खेलाडी सान्चेज इन्टरले सन् २०२०-२१ को सिरी ‘ए’ उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य थिए।