फाइल तस्बिर

राजनीति

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै : दलले सिटमा दाबी प्रस्तुत गर्दै

By खबरहब

August 11, 2022

काठमाडौं- संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक बिहीबार बस्दैछ।

नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरेर शीर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन।

कार्यदलको बैठकमा सबै दलले आ-आफनो सिटका बारेमा दाबी पेश गर्नेछन् र सो दाबी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन्।

सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २-२ सदस्य रहेका छन्। सत्ता गठबन्धनमा सहभागी दलले मंसिर ४ गतेको चुनावका लागि सिटबाँडफाँटको तयारी गरेका हुन्।