देश/प्रदेश

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 

By खबरहब

August 11, 2022

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् । गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो । 

श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।