सांकेतिक तस्बिर

समाचार

एक हजार ९५३ नयाँ मतदाता थपिए 

By खबरहब

August 11, 2022

रोल्पा– रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली संकलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले गत असार १ गते देखि तीन स्थानबाट मतदाता नामावली संकलन सुरु गरेको थियो । जिल्लाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्तीगाउँ, लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलनको काम भएको थियोे निर्वाचन कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले बताए ।

उनले भने ‘मतदाता नामावलीमा दोहोरोपना नहोस् भनेर काम गरिरहेका छौँ ।’  जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख ५२ हजार २३ मतदाता रहेको थियो । सो कार्यालयका अनुसार नयाँ मतदाता थपिनु अघि ती मतदातामध्ये यस अवधिमा चार हजार १० मतदाताको मृत्यु भइसकेको छ ।