समाचार

वन नियमावली खारेजीको मागसहित विरोध प्रदर्शन

By खबरहब

August 11, 2022

काठमाडौँ– वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । वन तथा वातावरण मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ नेपालको संविधान, संघीयता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार विरोधी भएको भन्दै महासंघले वन नियमावली खारेज गर्नुपर्ने माग सहित काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

वन क्षेत्रमा योगदान पुराउने सामुदायिक वन उपभोक्ताहरूलाई मारमा पार्नेगरि नियमावली ल्याएकाले निरन्तर विरोध गर्नुपरेको महासंघकी अध्यक्ष भारती पाठकले बताए । सामुदायिक वन उपभोक्ताको अधिकारी कटौती भएको विषयमा पटक पटक राज्यको ध्यानाकर्षण गराउँदा पनि नसुनिएको उनको भनाई छ । 

उक्त नियमावली तत्काल खारेज गराउनका लागि सामुदायिक वन उपभोक्ता महासंघले जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरमा विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।