देश/प्रदेश

एकै दिन संक्रमणका कारण ५ जनाको मृत्‍यु

By खबरहब

August 11, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ भने ४७६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५ हजार ८६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।