फाइल फोटो

राजनीति

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाए :परराष्ट्रमन्त्री खड्का

By खबरहब

August 11, 2022

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्का बिहीबार साँझ स्वदेश फर्किएका छन् ।

चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफ्नो चीन भ्रमण सफल भएको बताए ।

नेपाल र चीनबीच विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको उनको भनाइ छ । मन्त्री खड्काले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताए  ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे  कुरा भएको उनको भनाइ छ ।