देश/प्रदेश

आगामी निर्वाचनका लागि सुरक्षा तयारीमा प्रहरी

By खबरहब

August 11, 2022

काठमाडाैँ- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सवै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिएका छन ।

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृहमन्त्रालयमा प्रस्ताव पठाइसकिएको र अन्य तयारी समेत सुरु भइसकेको जानकारी दिए ।

उनले निर्वाचनमा ४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरकेको र यसपटक म्यादी प्रहरीको संख्या बढ्ने बताए । यसअघिको भएका स्थानीय तह निर्वाचनमा प्रहरीले आफ्नो व्यवसायीता देखाएको र शान्तिपूर्ण तथा विश्वश्निय तवरले निर्वाचन सम्पनन भएको उनको भनाई छ ।