फाइल फोटो

मुख्य समाचार

गठबन्धनलाई बास्कोटाको प्रश्‍न : प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

By खबरहब

September 11, 2022

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।

गठबन्धनका दलहरूलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको  सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।

‘गठबन्धनको प्रमको उम्मेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरू जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

गठबन्धनका दलहरू जनतालाई झुकाउन लागिपरेको उनले बताएका छन् ।

‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्क्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन् ।